एक कम्पनीको झन्डै ४७ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ४.५० प्रतिशत बापतको बोनस सेयर मंगलबार सूचीकृत भएको हो । कम्पनीको ४६लाख ८० हजार कित्ता सूचीकृत भएको छ ।
अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्माभएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।













