२५ भदौ २०८३, बिहिबार

विकास हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?



काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले ९० लाख ९१ हजार १३ कित्ता आइपीओ मंगलबार नेप्सेमा सूचीकृत गराएको हो ।

कम्पनीको दोस्रो बजार कारोबार भोलि अर्थात् भदौ ४ गते बुधवारबाट हुनेछ । पहिलो कारोबारका लागि ९७.४३ रुपैयाँदेखि २९२.२९ रुपैयाँ ओपनिङ रेञ्ज तोकेको छ ।