२४ भदौ २०८३, बुधबार

नाडा अटो शोमा सुजुकी इ–भिताराको भव्य प्रदर्शन, ६ लाखसम्म नगद छुट



काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले निकै नै प्रतिक्षा गरिएको इभि इ– भितारा नाडा अटो शो २०८२मा प्रदर्शनी गरेको छ ।

साथै सो अटो शोमा दशैं तिहार भरीका लागी लक्षित हुने गरि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ पनि सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत ग्राहकले छ लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, छ वर्षको लागि निः शुल्क पी.यम.एस पाट्र्स, दुई लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस र एक्सेसरिजहरु पाउन सकिनेछ ।

कम्पनीले नाडा अटो शो लक्षित गरि, शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप एक लाख रुपैयाँसम्मको छुट प्रधान गर्नेछ । यस्तै, १० भाग्यशाली ग्राहकले एक एक तोला सुन जित्न सकिने कम्पनीले जनाएको ।

साथै अल्टो र सेलेरियो गाडीमा पनि १ वर्षका लागि शून्य ब्याजदर सुविधा उपलब्ध हुनेछ । यसमा केहि शर्तहरु लाग्ने कम्पनीले जनाएको छ ।
सुजुकीले आफ्नो पहिलो मास–प्रोडक्सन इलेक्ट्रिक एसयूभी भिटारा सार्वजनिक गर्दै, नेपालको इलेक्ट्रिक मोबिलिटी यात्रामा नयाँ युगको सुरुवात गरेको छ ।

विश्वस्तरीय डिजाइन, प्रगतिशील इलेक्ट्रिक मोबिलिटी प्रविधि, र भरपर्दो सुजुकी डिएनएको उत्कृष्ट सम्मिश्रणको इ– भितारा, नेपालको बाटो, भौगोलिक विविधता र जीवनशैलीका मागअनुसार परिष्कृत र अनुकूलन गरिएको छ । जसले नेपाली उपभोक्तालाई सुरक्षित, भरपर्दो र भविष्यमुखी ड्राइभिङ अनुभव प्रदान गर्नेछ ।

कस्तो हो इ भितारा ?

डिजाइन र आकार

इ–भिताराको लम्बाइ ४.२ मिटर, ह्वीलबेस २७०० एमएम र ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ, जसले नेपाली सडकका चुनौतीपूर्ण अवस्थाहरूलाई सहज बनाउँछ। एरोडाइनामिक डिजाइन, आकर्षक एलईडी डीआरएलएस, १९ इन्च अलोय ह्वील र प्यानोरामिक सनरुफ गाडीको बाह्य स्वरूपलाई थप प्रिमियम बनाउँछन् । पाँच रंग विकल्पः ब्ल्याक, पर्ल ह्वाइट, नेभि ब्लु, मेटालिक सिल्भर र रेड–ब्ल्याक डुअल टोन उपलब्ध छन् ।

आधुनिक इन्टेरियर्स

इ–भिताराको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट, डिजिटल ड्राइभर डिस्प्ले, एप्पल कारप्ले, एन्ड्रोइड अटो, वायरलेस चार्जर र एम्बियन्स लाइटिङ जस्ता अत्याधुनिक सुविधाहरू छन् । प्यानोरामिक सनरुफ र १९ इन्चको अलोय ह्वीलहरूले लक्जरी अनुभव बढाउँछन् ।

सुरक्षा र पर्फमेन्स

नयाँ सुरक्षा प्रविधिहरूसहित, यसमा ’उन्नत चालक सहायता प्रणाली’ (लेवल–२) र ३६० डिग्री क्यामेरा उपलब्ध छ, जसले दुर्घटनाको जोखिमलाई कम गर्छ । गाडीमा फास्ट चार्जिङ सुविधा पनि उपलब्ध छ, जसले ३० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्दछ । ४९ किलोवाट र ६१ किलोवाट आवर क्षमताका ब्याट्री प्याकहरू, ०–१०० किमी/घन्टा गति मात्र ९ सेकेन्डमा पुरा गर्ने क्षमता दिन्छ ।

ब्याट्री र चार्जिङ

यसमा ५०० किलोमिटर सम्मको रेन्ज दिने ठूलो ब्याट्री र ४०० किलोमिटरको सानो ब्याट्री प्याक उपलब्ध छ। सामान्य घरायसी चार्जरबाट ७–८ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।