‘नाडा अटो शो’मा सार्वजनिक भयो बीवाइडी अटो–२, कति तोकियो मूल्य ?
काठमाडौं । बीवाईडी एट्टो–२ अब नेपाली बजारमा उपलब्ध हुने भएको छ । बीवाईडी गाडीका आधिकारिक वितरक साइमेक्स इंकले मंगलबार यो इलेक्ट्रिक गाडी सार्वजनिक गरेको हो ।
आज (भदौ ३ गते) देखि काठमाडौंको भृकुटीमण्डमा सुरु भएको ‘नाडा अटो शो–२०२५’ को अवसर पारेर साइमेक्सले सो गाडी सार्वजनिक गरेको छ ।
एट्टो–२ बीवाईडीको ई–प्लेटफर्म ३.०मा आधारित छ, जसको टप स्पिड १६० किलोमिटर प्रतिघण्टा रहेको छ । यो गाडीमा ४१.१ किलोवाट आवरको एलएफपी ब्लेड ब्याट्री राखिएको छ, जसले एक पटको चार्जमा ३१२ किलोमिटरको यात्रा गर्न सक्ने क्षमता प्रदान गर्दछ ।

गाडीको लम्बाइ ४३१० एमएम, चौडाई १८३० एमएम र उचाइ १६७५ एमएम रहेको छ, जसमा १४३० लिटरको बुट स्पेस पनि उपलब्ध छ ।
१७ इन्चको अलोय ह्वील, १०.१ इन्च वा १२.८ इन्चको घुम्ने इन्फोटेनमेन्ट स्क्रिन, ६ वटा एयरब्याग, रियर पार्किङ सेन्सर र ३६० डिग्री क्यामेरा जस्ता अत्याधुनिक फिचरहरूले यो गाडीलाई थप आकर्षक बनाएको छ । कम्पनीले एट्टो–२ को मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।












