२४ भदौ २०८३, बुधबार

नाडा अटो शो : सार्वजनिक भयो एक्सपेङ एक्स–९, ५०० किलोमिटर रेञ्ज, मूल्य कति ?



काठमाडौं । चिनियाँ इलेक्ट्रिक गाडी ब्रान्ड एक्सपेङले आफ्नो एक्स–९ नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले नाडा अटो शो २०२५ मा यसलाई प्रदर्शित गरेको हो ।

एक्स–९ मा ८४.५ किलोवाट आवरको एलएफपी ब्याट्री राखिएको छ, जसको रेन्ज ५०० किलोमिटर भन्दा धेरै रहेको कम्पनीको दाबी छ । यसमा २३५ किलोवाटको फ्रन्ट ह्वील ड्राइभ मोटर रहेको छ ।

गाडीको लम्बाइ ५२९३ एमएम, चौडाइ १९८८ एमएम र उचाइ १७८५ एमएम रहेको छ । यसको क्याबिनमा रियर प्यासेन्जरको लागि २१.४ इन्चको फोल्ड डाउन फिचर भएको थ्रीके रेजुलुसन डिस्प्ले दिइएको छ । प्यानारोमिक सनरुफ र फ्रन्ट सिटब्याक माउण्टेड कन्ट्रोल प्यानल जस्ता सुविधाहरू यसमा उपलब्ध छन् ।

सस्पेन्सनको लागि यसमा ड्युल चेम्बर एयर स्प्रिङ सिस्टम सहित डबल विसबोन र मल्टिलिंक इन्डिपेन्डेन्ड सस्पेन्सन प्रयोग गरिएको छ । कम्पनीले यस गाडीको मूल्य २ करोड २० लाख रुपैयाँ तोकेको छ ।