नेपालमा ‘जिली ईएक्स–फाइभ’ को बिक्री सुरु, नाडा अटो शोमा बुकिङ्ग गर्दा कति छुट पाइने ?
काठमाडौं । चिनियाँ अटो कम्पनी जिली अब औपचारिक रूपमा नेपाली बजारमा प्रवेश गरेको छ ।
एलआरआर मोटर्सले काठमाडौंमा सुरु भएको नाडा अटो शो २०२५ मार्फत जिलीको प्रिमियम ग्यालेक्सी ईएक्स–फाइभ इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्दै यसको बिक्री सुरु गरेको हो ।
अष्ट्रेलियन स्पेकको यो मोडल दुई भेरियन्टः प्रो र म्याक्समा उपलब्ध छ । प्रोको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ र म्याक्सको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

जिलीको आगमनले नेपाली इभी बजारमा नयाँ उत्साह थपिदिएको छ । अटो शोमा बुकिङ गर्ने ग्राहकले ३–४ लाख रुपैयाँसम्म नगद छुट पाउने कम्पनीले जनाएको छ । यसका साथै एक थान आइफोन १६ प्रो म्याक्स, र एक तोला सुन उपहारस्वरूप पाउनेछन् ।
१६० किलोवाट मोटरले २१५ एचपी शक्ति प्रदान गर्ने ईएक्स–फाइभ ६.९ सेकेन्डमै ०–१०० किमि प्रतिघण्टा पुग्न सक्छ । दुबै भेरियन्टमा ६०.२ किलोवाट आवरको सर्ट ब्लेड ब्याट्री जडान गरिएको छ, जसमा ८ वर्ष वा अनलिमिटेड किलोमिटर वारेन्टी दिइएको छ ।
ईएक्स–फाइभमा १५.४ टचस्क्रिन, प्यानोरामिक सनरुफ, ६ एयरब्याग, भ्वाइस कमाण्ड, ब्लाइन्ड स्पट मोनिटर, हिल–असिस्ट, र स्मार्ट यूआई एप कनेक्टिभिटी जस्ता फिचरहरू उपलब्ध छन् ।












