नाडा अटो शो : यामाहाले ल्यायो दुई नयाँ मोडेल
काठमाडौं । नाडा अटो शो २०२५ को पहिलो दिन यामाहाले दुई नयाँ मोटरसाइकल भेरियन्ट नेपाली बजारमा ल्याएको छ ।
नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्सले एमटी–१५ भी २ को आइस स्ट्रोम र भीभीएम संस्करण तथा एफजेड एस भी ३ डीएलएक्सको आइस फ्लो भर्मिलेख भेरियन्ट सार्वजनिक गरेको हो ।
एमटी–१५ ले स्ट्रीटफाइटर सेग्मेन्टमा नयाँ ऊर्जा थपेको छ भने एफजेड एस भी ३ डीएलएक्सको नयाँ रंगले स्टाइल र स्पोर्टीपन झन् निखारेको देखिन्छ ।

एमएडब्लू राइड्सका अध्यक्ष विष्णुकुमार अग्रवालका अनुसार यामाहाका यी नयाँ मोडेलहरूले अन्तर्राष्ट्रिय डिजाइन पहिचानलाई झल्काउँछन् र नेपाली राइडरलाई नयाँ ट्रेन्डमा लैजान मद्दत गर्छन् ।
नाडा शोका अवसरमा ७ हजार रुपैयाँसम्म नगद छुट, मोटोजीपी रेस हेर्ने अवसर र एमटी सिरिज बुकिङमा प्रिमियम राइडिङ ज्याकेटको अफर पनि कम्पनीले ल्याएको छ ।
शो भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा सञ्चालन हुनेछ । यामाहाको स्टल ब्लू च्याम्बर – टीडब्लू १ मा अवलोकन गर्न सकिनेछ ।












