स्कुटरको नयाँ राजा ‘हिरो जुम १२५’ बजारमा, मूल्य कति ?
काठमाडौं । हिरो मोटोकर्पको नयाँ स्कुटर ‘जुम १२५’ नेपाली बजारमा सार्वजनिक भएको छ ।
हिरोको आधिकारिक वितरक सीजी मोटर्सले ‘नाडा अटो शो २०२५’ मार्फत यो स्कुटर बजारमा ल्याएको हो । कम्पनीले ३ लाख ९ हजार ९०० रुपैयाँ मूल्य तोकेको छ ।
डिजाइन, परफर्मेन्स र टेक्नोलोजीको संयोजन लिएर आएको हिरोको जुम १२५ स्कुटर अहिलेको युवा पुस्तालाई लक्षित गरिएको देखिन्छ ।
स्पोर्टी लुक र आधुनिक विशेषतासहित आएको जुम १२५ ले १२५ सीसी सेग्मेन्टमा यामाहाको रेजेडआर, टीभीएस एनटर्क र होन्डाको डिओ १२५ जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।
जुम १२५ मा १२४.६ सीसी सिंगल सिलिन्डर, एयर कूल्ड इन्जिन जडान गरिएको छ, जसले ९.८ बीएचपी पावर र १०.४ एनएम टर्क उत्पादन गर्छ । स्कुटरले ०–६० किलोमिटर प्रतिघण्टा गति ७.६ सेकेन्डमै प्राप्त गर्न सक्छ ।
एलईडी हेडल्याम्प, १४ इन्च अलोय ह्वील, फ्रन्ट डिस्क ब्रेक, डिजिटल स्पीडोमिटर, स्मार्ट कनेक्ट फिचर, टेलिस्कोपिक फ्रन्ट र मोनोशक रियर सस्पेन्सनजस्ता फिचरले यसलाई थप आकर्षक बनाएको छ ।












