जोशी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने समयसीमा भदौ १९ गतेसम्म लम्बियो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

जोशी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने समयसीमा भदौ १९ गतेसम्म लम्बियो



काठमाडाैं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ गतेदेखि बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने समयसीमा थपिएको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशतका दरले निष्काशन गरेको हकप्रद शेयरमा अब आगामी भदौ १९ गतेसम्म आवेदन दिन सकिने भएको हो।

कम्पनीले एक कित्ता पुरानो शेयरको सट्टामा ०.६५ कित्ता नयाँ हकप्रद शेयरको अनुपातमा शेयर निष्काशन गरिरहेको छ। यो अनुसार, जोशी हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जम्मा २४ लाख १४ हजार १ सय कित्ता शेयर निष्काशन गरिरहेको छ, जसको कुल रकम २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबर हुन्छ।

यस हकप्रद शेयर निष्काशनका लागि कम्पनीले असार ८ गते बुक क्लोज गरेको थियो। सो आधारमा, असार ५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीको शेयर खरिद गरेका लगानीकर्ताहरूले मात्र हकप्रदमा आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँट सम्पन्न भएपछि कम्पनीको चुक्ता पूँजी बढेर ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।


प्रतिक्रिया दिनुहोस्