धौलागिरी लघुवित्तको संचालकमा नेपाल
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको संचालकमा सन्जिता नेपाल नियुक्ति भएकी छन् ।
कम्पनीको बुधवार अर्थात् भदौ ४ गते बसेको संचालक समितिले नेपाललाई सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा नियुक्ति गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार आगामी साधारण सभाबाट अनुमोदन हुने गरि संचालकमा नियुक्ति गरिएको छ । नेपाल काठमाडौं, गोठाटार–८ बस्दै आएकी छिन् ।












