बिहिबार पनि सेयर बजारमा गिरावट, ५ अर्बमा झर्‍यो काराेबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

बिहिबार पनि सेयर बजारमा गिरावट, ५ अर्बमा झर्‍यो काराेबार



काठमाडाैं । साताकाे अन्तिम काराेबार दिन बुधबार पनि सेयर बजारमा गिरावट आएको छ । सेयर बजार मापक नेप्से परिसूचक आज ७.८१ अंकले घटेर २७ सय ५९ दशमलव ३८ बिन्दुमा कायम भएकाे छ ।

हिजो ९ दशमलव ७० अङ्कले घटेर २ हजार ७ सय ६७ दशमलव २० विन्दुमा झरेको शेयर बजार परिसूचक नेप्से आज पनि घटेको हो ।

सेयर बजारसँगै काराेबार रकम पनि निरन्तर घटिरहेकाे छ । आज ३१९ कम्पनीकाे १ कराेड ६८ लाख ५५ हजार ९०६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब रू कराेड रूपैयाँकाे काराेबार भएकाे छ ।

हिजो ३ सय २३ वटा कम्पनीका १ करोड ५२ लाख कित्ता शेयर ५ अर्ब २० करोड रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिक्रिया दिनुहोस्