माबिलुङ्ग इनर्जीकाे आईपीओ बाँडफाँट, २० लाख भन्दा बढीकाे हात खाली - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

माबिलुङ्ग इनर्जीकाे आईपीओ बाँडफाँट, २० लाख भन्दा बढीकाे हात खाली



काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। आइतबार, कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९०४ कित्ता शेयर निष्कासन गरेको थियो।

यसमा २२ लाख ५ हजार ८७१ जना लगानीकर्ताले कूल २ करोड ४५ लाख १२ हजार ५३० कित्ताका लागि आवेदन दिएका थिए। तीमध्ये २१ लाख ९७ हजार ५८२ आवेदन स्वीकृत भएका थिए भने ८ हजार २८९ आवेदन रद्द गरिएको थियो।

माग अत्यधिक भएकाले बाँडफाँट गोलाप्रथामार्फत गरिएको हो। सो अनुसार १ लाख २४ हजार ८९० जना आवेदकले प्रतिव्यक्ति १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी ४ कित्ता शेयर ४ जना लगानीकर्तालाई थप १ः१ कित्ता गरि ११ कित्ताका दरले प्रदान गरिएको छ।


प्रतिक्रिया दिनुहोस्