११ श्रावण २०८३, सोमबार

उड्ने ट्याक्सीदेखि रोबोटसम्म : भव्य बन्यो १७औँ नाडा अटो शो, १ लाख ६० हजार दर्शकको उपस्थिति



काठमाडौं । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘१७ औँ संस्करणको नाडा अटो शो–२०२५’ भव्य रुपमा सम्पन्न भएको छ ।

गत मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा आयोजित अटो शो आइतबार सम्पन्न भएको हो । सो प्रदर्शनीमा १ लाख ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् ।

समापन समारोहमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले यो संस्करणलाई ऐतिहासिक भएको दावी गरे । अघिल्ला संस्करणहरूमा सामान्य सवारीसाधन मात्र प्रदर्शनीमा देखाइने भए पनि यो पटक पहिलोपटक उड्ने ट्याक्सी र रोबोट प्रविधि देखाउन सफल भएको बताए । सबैभन्दा धेरै राजस्व जेनेरेट गर्ने प्रदर्शनी भएको अध्यक्ष चौधरीको भनाई छ।

चौधरीले भने,‘यस वर्षको मेला मोस्ट एड्भान्स, मोस्ट लार्जेस्ट, मोस्ट इन्क्फुसिभ र सबैभन्दा धेरै राजस्व जेनेरेट गर्ने प्रदर्शनी बनेको छ ।

६ दिनसम्म चलेको प्रदर्शनीले नेपाली बजारमा इलेक्ट्रिक सवारी, उन्नत प्रविधि र नविनतम अटो समाधान प्रति आम सर्वसाधारणको चासो र सम्भावना झल्काएको छ ।