२४ भदौ २०८३, बुधबार

नाडा अटो शो २०२५ मा ४ अटो ब्राण्डले पाए उत्कृष्ट स्टल अवार्ड



काठमाडौं । नाडा अटो शो२०२५ मा ४ अटो ब्राण्डले उत्कृष्ट स्टलको उपाधी जितेका छन् ।

भृकुटिमण्डपमा आइतबार आयोजित नाडा अटो शो २०२५ को समापन कार्यक्रममा दुई पाङ्ग्रे अन्र्तगत रोयल इन्फिल्ड, चार पाङ्ग्रे सवारी ब्राण्ड अन्तर्गत डिपलले उत्कृष्ट स्टलको अवार्ड हात पारेका छन्।

यसैगरी कम्पोनेन्सबाट भिक्टो प्राइभेट लिमिटेड र लाइट कमर्सिययल भेइकलबाट डिएसएफके नेपालले उक्त अवार्ड पाएका छन् ।

समापन कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनासंख्या मन्त्री प्रदीप पौडेलले सम्बन्धीत ब्राण्ड प्रतिनिधिलाई अवार्ड प्रदान गरेका हुन् ।