सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, कारोबार रकम भने घट्यो
काठमाडाैं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दोहोरो अंकको सुधार देखिएको छ । आइतबार १८ अंकले घटेको सेयर बजार आज बढेको हो ।
यसदिन नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २१.३० अंकले बढेर २७ सय ६१ दशमलव २६ बिन्दुमा बन्द भएको छ ।
नेप्से परसिूचक बढेपनि यसदिन कारोबार रकम भने घटेको छ । आज ३१७ कम्पनीको १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७५ करोड ३२ लाख १९ लाख रुपैयाँको कारोबार भएको छ ।
हिजो ३२२ कम्पनीको १ करोड ४० लाख ९ हजार ७०८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५४ करोड ८६ लाख ३८ हजार रूपैयाँको कारोबार भएको थियो ।
आज अन्य समुहका उपसूचक २.८७ प्रतिशतले घटेकाे छ भने माइक्राेफाइनान्स १.५९ र विकास बैंक समुह १.१० प्रतिशतले घटेकाे छ ।













