सेवा आयमा ठूलो घाटा, भ्रमर्ण खर्च अझै बढ्दो
काठमाडौं । गत आर्थिक वर्ष २०८१–८२ मा नेपालले खुद सेवा खातामा ठूलो घाटा व्यहोर्नुपरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार समिक्षा अवधिमा खुद सेवा आय ९० अर्ब ९४ करोडले घाटामा गएको छ । जुन अघिल्लो आर्थिक वर्षको ५५ अर्ब ८६ करोडको घाटा भन्दा झन् गम्भीर अवस्था हो ।
सेवा खाता अन्तर्गत भ्रमण आय भने आंशिक रूपमा सुधार भएको देखिन्छ । समिक्षा अवधिमा भ्रमण आय ७.७ प्रतिशत वृद्धि भई ८८ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यो आय ८२ अर्ब ३३ करोड रुपैयाँ थियो ।
तर, सोही अवधिमा भ्रमण व्यय उल्लेखनीय रूपमा बढेको छ । भ्रमण व्यय १८.१ प्रतिशत बढेर २ अर्ब २३ अर्ब ७२ करोड पुगेको छ, जसमा मात्रै शिक्षातर्फको व्यय नै १ खर्ब ३८ अर्ब ४८ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षमा कुल भ्रमण व्यय १ खर्ब ८९ अर्ब ४३ करोड रहेको थियो । त्यसमा शिक्षातर्फको हिस्सा १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ थियो ।












