किन स्थगित भयो एमालेको केन्द्रीय कमिटि बैठक ?
काठमाडौं । नेकपा एमालेले १३ भदौमा बोलाएको केन्द्रीय कमिटी बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ।
आगामी विधान महाधिवेशनमा पेस गरिने संशोधन मस्यौदामाथि आएका सुझावहरूलाई समेट्न समय लाग्ने भएकाले बैठक सारिएको हो ।
एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म काठमाडौंमा तय भएको छ । त्यसअघि मस्यौदामाथि थप परिमार्जन आवश्यक भएकाले तयारी बैठक रोकिएको छ ।















