४ आश्विन २०८३, आइतबार

कर्पोरेट कार्यालय निर्माण गर्दै महालक्ष्मी विकास बैंक, रिङरोडभित्रै खोज्यो ४० करोडसम्मको जग्गा



काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो मुख्य कार्यालय निर्माणका लागि जग्गा खोजेको छ । बैंकले रिङरोडभित्र १५ स्थानमा २ देखि ४ रोपनी जग्गा वा घरजग्गा खोजिरहेको छ ।

बैंकले कम्तिमा ३० हजार वर्गफिट क्षेत्रफल र पर्याप्त पार्किङ सुविधा भएको सम्पत्तिमा ३५ देखि ४० करोड रुपैयाँसम्म खर्च गर्न तयार भएको छ ।

हाल दरबारमार्गमा भाडाको भवनमा रहेको कार्यालयलाई आफ्नै सम्पत्तिमा सार्ने बैंकको तयारी छ । इच्छुक विक्रेता भदौ २५ भित्र १००० रुपैयाँ फिर्ता नहुने डिपोजिटसहित आवेदन दिन सक्नेछन् ।

चक्रपथसँग जोडिएको वा चक्रपथ भित्रको घर वा जग्गा (महाराजगंज, बालुवाटार, लाजिम्पाट, नक्साल, कमलपोखरी, विशालनगर, अनामनगर, दरबारमार्ग, कान्तिपथ, पुतलीसडक, कमलादी, नागपोखरी, गैहिधारा, ज्ञानेश्वर, नयाँवानेश्वर क्षेत्र) लाई विशेष प्राथमिकता दिईने बैंकले जनाएको छ ।