इम्बोस्ड नम्बर प्लेटको विरोधमा महासंघ, जबर्जस्ती भए आन्दोलनको चेतावनी
काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह गरेको छ ।
महासंघद्वारा जारी विज्ञप्तिमा विदेशी प्रविधि लागू गर्न खोजिएको भन्दै विरोध जनाइएको छ ।
महासंघका अनुसार यो प्रणाली लागू भएमा नागरिकका व्यक्तिगत विवरण विदेशी कम्पनीको पहुँचमा पुग्ने, जसले राष्ट्रिय सुरक्षामै खतरा निम्त्याउन सक्छ।
सरकारले उठाएका अव्यावहारिक बुँदा संशोधन नगरी इम्बोस्ड प्लेट थोपर्न खोजिएको भन्दै महासंघले यो व्यवस्था स्वीकार्य नहुने स्पष्ट पारेको छ।
जबरजस्ती थोप्न खोजिए आन्दोलनमा उत्रिने चेतावनीसमेत महासंघले दिएको छ।
यसअघि यातायात व्यवस्था विभागले असोज १ गतेदेखि सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय सुनाएको थियो।















