श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ बिक्रि खुला, क-कसले दिन पाउँछन् आवेदन ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओ बिक्रि खुला, क-कसले दिन पाउँछन् आवेदन ?



काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्रि खुला गरेको छ ।

कम्पनीले भदौ ११ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। आईपीओमा उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानिय बासिन्दाहरु र वैदेशिक राेजगारीमा रहेकाले आवेदन दिन सक्नेछन्।

कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

जसमध्ये जारी पूँजीको १ प्रतिशत अर्थात १ करोड ६३ लाख १२ हजार ५०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख ६३ हजार १२५ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ३ करोड ९ लाख ९३ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ३ लाख ९ हजार ९३८ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेकाे हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा भदौ २५ गते हुनेछ भने ढिलोमा असोज ९ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने निष्काशन बन्द छिटोमा भदौ १५ गते हुनेछ भने ढिलोमा भदौ २५ गते हुनेछ।


प्रतिक्रिया दिनुहोस्