कर्मचारी बोनसमा नबिल र एनआइएमबिले अगाडी, कुन बैंकका कर्मचारीले कति पाउँछन ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कर्मचारी बोनसमा नबिल र एनआइएमबिले अगाडी, कुन बैंकका कर्मचारीले कति पाउँछन ?



काठमाडौं । वाणिज्य बैंकहरुले आफ्ना कर्मचारीहरुको बोनस सुविधाका लागि साढे ११ अर्ब रुपैयाँ रकम छुट्याएका छन् ।

गत आर्थिक वर्षमा २० वटा बैंकहरुले कर्मचार बोनस सुविधाका लागि ११ अर्ब ५९ करोड २ लाख ५८ हजार रुपैयाँ छुट्याएका छन् । बैंकहरुले गत वर्ष खर्चिएको तलबको १९.५७ प्रतिशत रुपैयाँ बोनसका लागि खर्चिएका हुन् ।

बोनस ऐन तथा नियमावली अनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर तिर्नुपूर्वको नाफाबाट अधिकतम १० प्रतिशत रकम कर्मचारी बोनसको रुपमा छुट्याउन सक्ने व्यवस्था छ ।

गत वर्ष यस्तो बोनस सुविधाका लागि सबैभन्दा ठुलो रकम नबिल बैंकले छुट्याएको छ । बैंकले गत वर्ष आफ्ना कर्मचारीका लागि १ अर्ब १४ करोड ९५ लाख रुपैयाँ छुट्याएको छ ।

दोस्रो धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि १ अर्ब ६ कराृेड ७८ लाख ४० हजार रुपैयाँ छुट्याएको छ । नबिल र एनआइएमबिले आफ्ना कर्मचारीका लागि १ अर्ब भन्दा माथि रकम छुट्याएका छन् । गत वर्ष यी दुई बैंकले नै सर्वाधिक नाफा कमाएका छन् । सोही नाफा बापत बोनस सुविधामा धेरै छुट्याएका हुन् ।

बोनस सुविधाको आधारमा तेस्रो स्थानमा ग्लोबल आइएमई बैंक छ । बैंकले ९७ करोड ६० लाख रुपैयाँ छुट्याएको देखिन्छ ।
चौंथो स्थानमा रहेको एभरेष्ट बैंकले पनि आफ्ना कर्मचारीका लागि २ करोड ७ लाख रुपैयाँ छुट्याएको छ ।

यता, प्रभूले पनि ७० करोड ५ लाख ६८ हजार रुपैयाँ, प्राइमले ६५ करोड ९८ लाख, कृषि विकासले ६५ करोड, कुमारीले ६४ करोड २३ लाख, लक्ष्मी सनराइजले ६४ करोड ९ लाख, राष्ट्रिय वाणिज्यले ६० करोड ५८ लाख र नेपाल बैंकले ६० करोड २५ लाख रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याएका छन् ।

वित्तीय विवरण अनुसार गत वर्षको नाफाबाट सिद्धार्थ बैंकले कर्मचारी बोनसका लागि ५५ करोड ९६ लाख ७६ लाख, एनएमबि बैंकले ५२ करोड १७ लाख, स्ट्याण्डर्ड चार्टर्डले ५० करोड ६० लाख, सानिमाले ३९ करोड ५४ लाख ५८ हजार, माछापुच्छ्रेले ३२ करोड २७ लाख, नेपाल एसबिआई ३० करोड ११ लाख रुपैयाँ छुट्याएको देखिन्छ।

यता, हिमालयन बैंकले पनि २३ करोड १८ लाख १७ हजार रुपैयाँ, सिटिजन्सले २० करोड ४२ लाख ७४ लाख र एनआइसी एशियाले २ करोड ४० लाख रुपैयाँ कर्मचारी बोनसका लागि छुट्याएको छ ।


प्रतिक्रिया दिनुहोस्