सेयर बजारमा फर्कियाे राैनक, उचालियाे काराेबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सेयर बजारमा फर्कियाे राैनक, उचालियाे काराेबार



काठमाडौं । बुधबार सेयर बजारमा उत्साह देखएिको छ । मंगलबार झिनो अंकले बढेको सेयर बजार मापक नेप्से परिसूचक आज ५३ दशमलव ०१ अंकले बढेर २८ सय १९ दशमलव १० विन्दुमा पुगेको छ ।

नेप्से परिसूचक सँगै यसदिन कारोबार रकम पनि बढेको छ । आज ३२१ कम्पनीको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ ।

हिजाे कुल ४ अर्ब १८ करोड ५३ लाख १५ हजार रुपैयाँ बराबरको ९२ लाख ४३ हजार २३२ कित्ता मात्रै सेयर किनबेच भएको थियाे ।

यसदिन सबै मुहका सूचक बढेका छन् । आज विकास बैंक समुह सर्वाधिक ३.५९, व्यापार समुह २.८७, उत्पादन तथा प्रशाेधन २.७४, जीवन बीमा समुह २.३९, लगानी समुह २.३८, अन्य समुह २.२१ र फाइनान्स २.१५ प्रतिशतले बढेकाे छ ।


प्रतिक्रिया दिनुहोस्