स्वस्तिक लघुवित्तकाे आईपीओ बाँडफाड, २४ लाख भन्दा बढीकाे हात खाली - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

स्वस्तिक लघुवित्तकाे आईपीओ बाँडफाड, २४ लाख भन्दा बढीकाे हात खाली



काठमाडाैं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ) बिहीबार बाँडफाँड भएको छ ।

कुल आवेदक मध्ये १९ हजार ५१९ जना आवेदकले १०/१० कित्ताका दरले शेयर हात पारेका छन् भने १० कित्ताभन्दा बढीका लागि आवेदन दिएकाहरूमध्ये थप ५ जनाले थप १\१ कित्ताका दरले ११ कित्ता शेयर हात पारेका छन्।

यस्तै बाँकी २४ लाख भन्दा बढी हात खाली भएकाे छ ।

बिक्री अवधिभर कुल २४ लाख ४० हजार ४६० जना आवेदकले २ करोड ७४ लाख ६४ हजार ५७० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २ हजार ३०० जनाको आवेदन रद्द भएको छ।

कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ लाख ९५ हजार १९५ कित्ता आईपीओ बिक्री खुला गरेको थियो।


प्रतिक्रिया दिनुहोस्