आइसीएफसी फाइनान्सले ८ प्रतिशत ब्याजदरमा ५० करोडको ऋणपत्र निष्कासन गर्ने
काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। कम्पनीले ८ प्रतिशत वार्षिक ब्याजदरमा, प्रति कित्ता १,००० रुपैयाँ दरमा ५ लाख कित्ता ऋणपत्र जारी गर्ने योजना बनाएको हो।
यस ऋणपत्रको परिपक्व अवधि २०८९ सालसम्म रहनेछ। कम्पनीले नेपाल राष्ट्र बैंकबाट ऋणपत्र निष्कासनको स्वीकृति प्राप्त गरिसकेको छ भने अब नेपाल धितोपत्र बोर्ड ९सेबोन० बाट अनुमति लिएपछि सार्वजनिक निष्कासन प्रक्रियामा जाने तयारी छ।
ऋणपत्र सार्वजनिक निष्कासन भएपछि इच्छुक लगानीकर्ताले निर्धारित प्रक्रिया पूरा गरी आवेदन दिन सक्नेछन्।













