हिमस्टार उर्जा कम्पनीकाे आईपीओ नेप्सेमा सूचीकृत - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

हिमस्टार उर्जा कम्पनीकाे आईपीओ नेप्सेमा सूचीकृत



काठमाडाैं । हिमस्टार उर्जा कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ ।

बिहिबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र हिम स्टार उर्जा कम्पनी लिमिटेडबीच ३१ लाख कित्ता साधारण शेयर सूचीकृत सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष आइपिओ मार्फत बिक्री गर्न ल्याएको कुल ३० लाख कित्तामध्ये ३० प्रतिशत अर्थात ९ लाख कित्ता कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याइएको थियो भने बाँकी २१ लाख कित्ता (७० प्रतिशत) सर्वसाधारणले पाएका थिए।

सूचीकृत भएका शेयरमध्ये, ३१ लाख कित्तामध्ये संस्थापक समूहको ९ लाख ९० हजार कित्ता (३० प्रतिशत), सर्वसाधारण समूहको १५ लाख ५० हजार कित्ता (५० प्रतिशत) र सामूहिक लगानी कोष तथा कर्मचारीलाई छुट्याइएको ५ लाख ६० हजार कित्ता (२० प्रतिशत) रहेका छन्।

नेप्सेले हिम स्टार उर्जाको शेयर कारोबार भदौ १५ गतेदेखि खुला हुने जानकारी गराएको छ। कम्पनीको शेयर कारोबार नेप्से कोड अन्तर्गत हुनेछ।

यस कम्पनीको शेयर रजिष्ट्रार सेवा आइसी एशिया क्यापिटल लिमिटेड, थापाथली मार्फत हुनेछ भने कम्पनीको प्रमुख कार्यालय गौशाला, काठमाडौंमा रहनेछ।


प्रतिक्रिया दिनुहोस्