सेयर बजारमा भारी गिरावट, कारोबार रकम भने ८ अर्ब नाघ्यो
काठमाडाैं । साताकाे अन्तिम काराेबार दिन बिहिबार सेयर बजार भारी अंकले घटेकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक ३८.१० अंकले घटेर २७ सय ८१ बिन्दुमा झरेको छ ।
यसदिन नेप्से परिसूचक घटे पनि काराेबार रकम भने बढेकाे छ । आज ३२२ कम्पनीकाे १ कराेड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर ८ अर्ब ९ कराेड ५६ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।
हिजाे ३२१ कम्पनीको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६८ करोड ३३ लाख रुपैयाँको कारोबार भएको थियाे ।
आज म्युच्युअल फण्ड बाहेक सबै समुहका सेयर घटेका छन् । विकास बैंक समुह सर्वाधिक २.४३ प्रतितशले घटेकाे छ भने फाइनान्स १.८३, उत्पादन तथा प्रशाेधन १.७१, अन्य समुह १.७१, हाेटल तथा पर्यटन १.८६, लगानी समुह १.५५। जीवन बीमा समुह १.५४, जलविद्युत १.४३ र माइक्राेफाइनान्स १.३९ प्रतिशतले घटेकाे छ ।













