१३ कार्तिक २०८३, शुक्रबार

३२औं आईजीपी बने खापुङ, भदौ १९ देखि कार्यभार सम्हाल्ने



काठमाडौं । नेपाल प्रहरीले ३२औं महानिरीक्षक (आईजीपी) पाएको छ ।

चन्द्रकुवेर खापुङलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १९ गतेदेखि लागू हुने गरी प्रहरी प्रमुखमा नियुक्त गरेको हो । खापुङ संस्थागत सुधार र प्रभावकारी नेतृत्वमा अब्बल मानिन्छन् ।

हाल सीआईबी प्रमुख रहेका खापुङ सेवानिवृत्त हुँदै गरेका आईजीपी दीपक थापासँगै सेवा प्रवेश गरेका थिए । पहिलो र दोस्रो लटका सहकर्मीहरू अवकाशमा गएपछि उनी तेस्रो लटका एकल प्रतिस्पर्धी थिए ।

थापा भदौ १८ राति अवकाशमा जाँदैछन् । प्रधानमन्त्री ओलीको चीन भ्रमण अघि मन्त्रिपरिषद्ले नयाँ नेतृत्वको टुंगो लगाएको हो । हालको कानुनअनुसार खापुङको कार्यकाल कात्तिक २६ मा सकिन सक्छ । यद्यपि, नयाँ ऐन आए थपिने सम्भावना छ ।