युनाईटेड अजोडको २१ लाख कित्ता बोनस सेयर सूचीकृत - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

युनाईटेड अजोडको २१ लाख कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको १० प्रतिशत बापतको बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो । कम्पनीको २१ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्