छुट्ला है ! बन्दीपुर केवलकारकाे आईपीओ, आवेदन दिने आज अन्तिम दिन
काठमाडाैं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले भदौ ११ गतेदेखि सार्वजनिक निष्काशनमा ल्याएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिले निष्काशन गरेको शेयर बाँडफाँट गरेपछि अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरिएको हो।
कम्पनीले २ अर्ब ८३ करोड रुपैयाँको जारी पूँजीको २०.७०६७ प्रतिशत बराबर, अर्थात् ५८ करोड ६० लाख रुपैयाँ मूल्यका ५८ लाख ६० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने स्वीकृति पाएको थियो।
जसमध्ये ५ लाख ६६ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ५ लाख २९ हजार ४०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याईसकिएको छ। साथै, १ लाख ५८ हजार ८२० कित्ता कर्मचारीहरूका लागि र २ लाख ६४ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि पनि बाँडफाँट भइसकेको छ।
अब दोस्रो चरणमा, कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबरका ४३ लाख ४१ हजार ८० कित्ता शेयर सार्वजनिक रुपमा निष्काशन गरेको हो।
यो आईपीओमा न्यूनतम १० कित्ताबाट आवेदन दिन सकिनेछ भने अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन मिल्नेछ।













