हिमालयन बैंकको एफपीओ नेप्सेमा सूचीकृत
काठमाडौं । हिमालयन बैंक लिमिटेडको एफपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
बैंकको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ आइतबार नेप्सेमा सूचीकृत भएको हो ।
बैंकको एफपीओ भोलिदेखि नै दोस्रो बजारमा कारोबारमा आउनेछ । बैंकले गत असार ३२ गतेदेखि साउन ४ गतेसम्म १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको थियो ।













