१३ कार्तिक २०८३, शुक्रबार

भदौ मसान्तसम्म बीपी राजमार्गमा राति सवारी चलाउन रोक



काठमाडौं । भदौ मसान्तसम्म बीपी राजमार्गमा राति सवारी चलाउन रोक लगाइएको छ ।

काभ्रेपलाञ्चोक जिल्ला सुरक्षा समितिले बीपी राजमार्गमा भदौ मसान्तसम्म राति ६:३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको छ ।

अत्यधिक वर्षाले क्षति पुगेको राजमार्गको भौगोलिक अवस्था कमजोर हुनुका साथै मनसुन सक्रिय नै रहेकाले सुरक्षाका दृष्टिले राति सवारी आवागमन रोकिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

काभ्रेभञ्ज्याङदेखि भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सबै प्रकारका निजी तथा सार्वजनिक सवारी साधनलाई तोकिएको समयमा सञ्चालन गर्न पाइने छैन ।