२४ भदौ २०८३, बुधबार

प्रियंका जोशी बनिन एमजी एस ५ ईभीको ब्रान्ड एम्ब्यासडर



काठमाडौं । नेपालका लागि एमजी (मोरिस गराजेज) को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले मिस नेपाल वल्र्ड २०२२ र चर्चित मोडल प्रियंका रानी जोशीलाई स्टाइलिश र डायनामिक एमजी एसफाइभ इभीको ब्रान्ड एम्ब्यासडरको रूपमा आधिकारिक रूपमा नियुक्त गरेको घोषणा गरेको छ।

यस सम्झौतासम्बन्धी हस्ताक्षर समारोह भदौ ११ गते, बुधबार प्यारामाउन्ट मोटर्सको काठमाडौंस्थित शोरुममा सम्पन्न भयो। यो साझेदारी दुई वर्षका लागि हुनेछ।

यस साझेदारीमार्फत, प्रियंका नेपालमा एमजी एस–फाइभ इभीको फेस बन्नेछिन् र आगामी दुई वर्षसम्म यसका स्टाइल र इनोभेशनलाई प्रस्तुत गर्नेछिन्।

साझेदारीको घोषणा गर्दै, प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल बहादुर क्षेत्रीले प्रियंकाले आत्मविश्वास, शालीनता र आधुनिक गतिशीलताको प्रतिनिधित्व गर्ने बताए।

एनले भने, ‘यी गुणहरू एमजी एस–फाइभ इभी र एमजी ब्रान्डसँग पूर्ण रूपमा मेल खान्छन्। हामी उहाँलाई एमजी परिवारमा स्वागत गर्न पाउँदा अत्यन्तै खुशी छौं र सँगै नयाँ दर्शकहरूसम्म पुग्ने अपेक्षा राख्छौं।’

यस्तै उत्साह व्यक्त गर्दै प्रियंकाले एमजीसँग विशेषतः एमजी एसफाइभ इभीसँग आबद्ध हुन पाउँदा अत्यन्त उत्साहित भएको बताइन् ।

उनले भन्, ‘एमजी इनोभेशन, पर्फर्मेन्स र सफिस्टिकेशनको प्रतीक हो । प्यारामाउन्ट मोटर्स र एमजीसँगको यो रोमाञ्चक यात्राको लागि मा उत्साहित छु।’

प्रियंका रानी जोशीको ब्रान्ड एम्ब्यासडरको रूपमा सहभागिताले एमजी एस–फाइभ इभीलाई युवा र सवारीप्रेमी दर्शकहरूसँग अझ नजिक ल्याउनेछ, र ब्रान्डको प्रभाव र पहुँच बढाउनेछ।

यस साझेदारीसँगै, प्यारामाउन्ट मोटर्सले नेपालमा एमजी एसफाइभ इभीको उपलब्धता र यसको आकर्षक डिजाइन, अत्याधुनिक फिचरहरू र शक्तिशाली परफर्मेन्सलाई अझ प्रचार गर्ने लक्ष्य राखेको छ।