आजदेखि बुङ्गल हाइड्रोको आईपीओ बिक्रि खुला, क-कसले दिन पाउँछन् आवेदन ?
काठमाडाैं । बुङ्गल हाइड्रो लिमिटेड आजदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्दैछ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरूको लागि आईपीओ जारी गरेको थियो, र अब त्यसपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले ८३ करोड रुपैयाँको जारी पूँजीको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर जारी गर्ने अनुमति पाएको थियो।
यसमा ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजनाको प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि, र २ लाख ७ हजार ५०० कित्ता शेयर नेपाल सरकारको स्वीकृत विदेशी रोजगारमा रहेका नेपालीहरूको लागि जारी गरिएको थियो।
त्यसैगरी, १ लाख ३ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोषहरूका लागि र ६२ हजार २५० कित्ता शेयर कर्मचारीहरूको लागि सुरक्षित गरिएको थियो।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणलाई १७ करोड १ लाख ५० हजार रुपैयाँको १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी गर्न लागेको हो।
यस आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ र अधिकतम २० हजार कित्तासम्म आवेदन दिइन सक्नेछ। निष्काशनको अवधि छिटोमा भदौ १९ गते र ढिलोमा भदौ ३० गतेसम्म समाप्त हुनेछ।













