रेकर्ड बिन्दुबाट पुनः १७०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि लगातार बढ्दै - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

रेकर्ड बिन्दुबाट पुनः १७०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि लगातार बढ्दै



काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य लगातार बढीरहेकाे छ । पछिल्ला केहि दिनयता सुनकाे मूल्यले दिन दिनै नयाँ रेकर्ड कायम गरिरहेकाे छ ।

हिाजाे ताेलामा ३००० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज पनि ताेलामा १७ सय रूपैयाले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला २ लाख ५ हजार ३०० रूपैयाँ ताेकिएकाे छ ।

हिजाे छापावाल सुन प्रतिताेला २ लाख ३ हजार ६०० रूपैयाँ ताेकिएकाे थियाे ।

यता आज चाँदीकाे मूल्य पनि ताेलामा ४५ रूपैयाँले बढेकाे छ । महासँघका अनुसार अघिल्लो दिन प्रतितोला २४२५ रुपैयाँ रहेको चाँदी आज २४७० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्