सेयर बजारमा दाेहाेराे अंककाे सुधार, काराेबार भने ५ कराेडमा खुम्चियाे - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सेयर बजारमा दाेहाेराे अंककाे सुधार, काराेबार भने ५ कराेडमा खुम्चियाे



काठमाडाैं । साेमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । हिजाे ३१ अंकले बढेकाे सेयर बजार मापक नेप्से परिसूचक आज १२.९१ अंकले बढेर २७ सय ६२ दशमलव ७४ बिन्दुमा पुगेकाे छ ।

नेप्से परिसूचक बढे पनि यस दिन काराेबार रकम भने खम्चिएकाे छ । आज ३२६ कम्पनीकाे १ कराेड १४ लाख ४० हजार ८४४ कित्ता सेयर ५ अर्ब १० कराेड ५७ लाख ४६ हजार रूपैयाँमा काराेबार भएकाे छ ।

हिजाे ३ सय २१ वटा कम्पनीका १ करोड ४८ लाख कित्ता शेयर ६ अर्ब ६ करोड रुपैयाँमा किनबेच भएको थियाे ।

आज व्यापार र अन्य समुहबाहेक सबै समुहका सेयर मूल्य बढेका छन् । यस दिन सर्वाधिक बैंकिङ समुह १.६२ प्रतिशतले बढेकाे छ भने व्यापार समुह १.१५ प्रतिशतले बढेकाे छ ।


प्रतिक्रिया दिनुहोस्