एआइ प्रयोग गर्न फाइभ जी नेटवर्क कार्यान्वयन अनिवार्य: मन्त्री गुरुङ
ललितपुर । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले एआइ प्रयोग गर्न फाइभ जी नेटवर्क कार्यान्व्यन हुन अनिवार्य भएकाले नेपाल टेलिकमलाई फाइभजी नेटवर्क सुचारु गर्न निर्देशन दिएका छन्
ललितपुरमा सोमबार नेपाल टेलिकम(एनटीसी) ले आयोजना गरेको आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यन्वयन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा निर्देशनात्मक संबोधन गर्दै मन्त्री गुरुङले यस्तो बताए । उनले जनताको घर दैलोमा फोर जी नेटर्वक व्यापक बनाउन पनि आग्रह गरे ।
उनका अनुसार सरकारको डिजीटिल फेर्मवर्क(डिएनएफ) को उदेश्य पुरा गर्न, डिजीटल सुशासन विस्तार गर्न, जनताको सेवालाई छिटो र छरितो बनाउन, सुशासन कायम गर्न एनटिसीको नेवटर्क विस्तारले महत्वपुर्ण भुमिका खेल्ने बताए ।
मन्त्री गुरुङले आफुले प्रधानमन्त्री केपी शर्मा ओली बिच यसै वर्ष फाइभ जी नेटवर्क सुरु गर्ने वचन दिएको बताउदै त्यसको तयारीमा लाग्न नेपाल टेलिकमलाई ध्यानार्कषण गराए । ‘साउथ एसीयामै फाइभ जी नेटवर्क प्रयोग भइसकेको छ, हामी निकै पछि परेका छौँ’ उनले भने,‘प्रधानमन्त्री र म बीच फाइभ जी नेटवर्क कार्यान्वयन गर्ने विषयमा सम्झौता भइसेकोछ ।’ ।
उनले काठमाडौँ र पोखराबाट फाइभ जी को विस्तार गर्ने पनि बताए । त्यसैगरि नेपाल टेलिकम जनताको अति आवश्यक र महत्वपुर्ण सेवाप्रदायि संस्था भएकाले कार्य सम्पादनमा संवेदनशीलता अपनाउनुपर्ने सुझाव दिए । साथै, आर्थिक वर्षको कार्य योजनाको लक्ष्य प्राप्तीका लागि सबैले इमादारपुर्व जिम्मेवारी बहन गर्न पनि मन्त्री गुरुङले आग्रह गरे ।
कार्यक्रममा सञ्चार सचिव राधिका अर्यालले नेपाल टेलिकमले भावी लक्ष्य सत प्रतिशत पुरा गर्ने गरि काम गर्न सुझाव दिए । सह–सचिव कोशहरी निरौलाले कार्य सम्पादनमा उब्जीएका समस्यामा अल्झी समाधान निकालेर काम योजनाहरु सम्पन्न गर्न आग्रह गरे । कार्यक्रममा एनटीसिका सात वटै प्रदेशका निर्देशकहरुले आ–आफ्ना भावी कार्ययोजनाको लक्ष्य पुरा गर्ने प्रतिबद्धता जनाए ।













