सेयर बजारमा दाेहाेराे अंककाे गिरावट, पाैने ५ अर्बकाे काराेबार
काठमाडौं । साेमबार दाेहाेराे अंकले बढेकाे सेयर बजारमा मंगलबार गिरावट आएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १९.८९ अंकले घटेर २७ सय ४१ दशमलव ९७ विन्दुमा झरेकाे छ ।
नेप्से परिसूचकसँगै यसदिन काराेबार रकम पनि घटेको छ । आज ३२३ कम्पनीकाे १ कराेड ५ लाख ३५ हजार ८७४ कित्ता सेयर खरिद बिक्रि हुँदा ४ अर्ब ३८ कराेड ३५ लाख ५२ हजार रूपैयाँकाे काराेबार भएकाे छ ।
हिजाे ३ सय २६ वटा कम्पनीका १ करोड १४ लाख कित्ता शेयर ५ अर्ब १० करोड रुपैयाँमा किनबेच भएको थियाे ।













