लघु जीवन बीमाले एकै महिना भित्र्याए साढे ७ करोडको बिजनेश, कसले कति ?
काठमाडौं । लघु जीवन बीमा कम्पनीहरुले एकै महिना साढे ७ करोड बढीको व्यापार गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।
साउनमा चार लघु जीवन बीमा कम्पनीहरुले ७ करोड ७३ लाख १५ हजार रुपैयाँ बराबरको व्यापार गरेका हुन् । सो महिनामा कम्पनीहरुले ७करोिड ६ लाख ३४ हजार रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका छन् । यता, नविकरण मार्फत ६६ लाख ८१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
व्यवसायका आधारमा गार्डियन माइक्रो लाइफ अगाडि छ । कम्पनीले एकै महिना ३ करेड २६ लाख ३५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले साउनमा ३ करोड ९ लाख ५५ हजार रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ । यता, नविकरण मार्फत भने १६ लाख ८० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
यस्तै, लिवर्टी माइक्रो लाइफले पनि २ करोड ३९ लाख २१ हजार रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ । यता, २९ लाख ४५ हजार रुपैयाँ बराबरको बीमा शुल्क भने नविकरण मार्फत उठाएको छ । साउनमा कम्पनीको कुल व्यवसाय २ करोड ६८ लाख ६६ हजार रुपैयाँ कायम भएको छ ।
यता, क्रेष्ट माइक्रो लाइफले पनि साउनमा १ करोड ७८ लाख १४हजार रुपैयाँ बराबरको व्यापार गरेको छ । कम्पनीले १ करोड ५७ लाख ५८ हजार रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएको छ । नविकरण मार्फत भने २० लाख ५६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
साउनमा यी तीनै वटा कम्पनीहरुले २ लाख ९५ हजार ७०८ वटा बीमालेख बिक्री गरेका छन् । प्राधिकरणका अनुसार गार्डियन माइक्रोले १ लाख ५८ हजार ५२०, लिवर्टीले २४ हजार १७० वटा र क्रेष्ट माइक्रो लाइफले १३ हजार १८ वटा बीमालेख जारी गरेका छन् ।













