लघु निर्जीवन बीमकले बेचे एकै महिना साढे २८ हजार बीमालेख, झन्डै ८ करोड प्रिमियम कलेक्शन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लघु निर्जीवन बीमकले बेचे एकै महिना साढे २८ हजार बीमालेख, झन्डै ८ करोड प्रिमियम कलेक्शन



काठमाडौं । निर्जीवन लघुबीमा कम्पनीहरुले एकै महिना २८ हजार बढी बीमालेख बिक्री गरेका छन् । कम्पनीहरुले झन्ढै ८ करोड रुपैयाँ बराबरको व्यापार गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

साउनमा चार लघु निर्जीवन बीमा कम्पनीहरुले २८ हजार ४५६ वटा बीमालेख बिक्री गरेका छन् । सो बीमालेख बिक्रीबाट कम्पनीहरुले ७ करोड ८२ लाख ८६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

सबैभन्दा धेरै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले २ करोड ८ लाख ८३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ७ हजार ९९२ वटा बीमालेख बिक्री गरेको छ ।

दोस्रो सूचीमा रहेको नेपाल माइक्रोले पनि ६ हजार ९७३ वटा बीमालेख बिक्रीबाट २ करोड १ लाख २१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

यता, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीले पनि ६ हजार १३२ वटा बीमालेख बिक्री गरि १ करोड ९८ लाख २ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै, स्टार माइक्रो इन्स्योरेन्सले पनि १ करोड ७४ लाख ८० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले साउनमा ७ हजार ३५९ वटा बीमालेख बिक्री गरेको हो ।


प्रतिक्रिया दिनुहोस्