शेयर बजार दोहोरो अङ्कले घट्यो, ४ अर्ब ७२ करोडमा खुम्चियाे काराेबार - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

शेयर बजार दोहोरो अङ्कले घट्यो, ४ अर्ब ७२ करोडमा खुम्चियाे काराेबार



काठमाडाैं । बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज नेप्से दाेहाेराे अंकले घटेकाे छ । मंगलबार करिब २० अंकले घटेकाे सेयर बजार मापक नेप्से परिसूचक आज १५.६४ अंकले घटेर २७ सय २६ दशमलव ३३ विन्दुमा झरेकाे छ ।

नेप्से परिसूचक घटे पनि यसदसन काराेबार रकम भने बढेको छ । आज ३२६ कम्पनीकाे १ कराेड १३ लाख ४५ हजार ९९४ कित्ता सेयर खरिद बिक्रि हुँदा ४ अर्ब ७२ कराेड ८० लाख रूपैयाँकाे काराेबार भएकाे छ ।

हिजाे ३२३ कम्पनीकाे १ कराेड ५ लाख ३५ हजार ८७४ कित्ता सेयर खरिद बिक्रि हुँदा ४ अर्ब ३८ कराेड ३५ लाख ५२ हजार रूपैयाँकाे काराेबार भएकाे थियाे ।


प्रतिक्रिया दिनुहोस्