शिव श्री हाइड्रोपावरकाे शतप्रतिशत हकप्रद शेयर आजबाट बिक्री खुला
काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो ।
कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको छ ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो। यस अनुसार साउन १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा असोज ८ गतेसम्म आवेदन दिन सकिनेछ।













