रेकर्ड मूल्यमा पुगेर सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । करिब पछिल्लाे एक सातादेखि लगातार बढ्दै आएको सुनचाँदीको मूल्य बिहिबार स्थिर छ ।
पछिल्ला कही दिनदेखि निरन्तर नयाँ रेकर्ड बनाइरहेको सुनचाँदीकाे मूल्य आज उच्च बिन्दुमा स्थिर रहेकाे हाे । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुबैको मूल्य अघिल्लै दिनको दरमै कायम छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रति तोला २ लाख ७ हजार ९०० रुपैयाँ तोकिएको छ, जुन बुधबार पनि यहि मूल्यमा काराेबार भएकाे थियाे ।
त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहँदै प्रति तोला २ हजार ४८० रुपैयाँमै कारोबार भइरहेको छ।













