गायक केसी भायानेटको ब्राण्ड एम्बासडर, ‘इन्टरनेट फोर ड्रिमर’ अभियान सुरु
काठमाडौं । भायानेट कम्युनिकेशनले चर्चित गायक तथा गीतकार सुशान्त केसीलाई ब्राण्ड एम्बासडर घोषणा गर्दै नयाँ अभियान ‘इन्टरनेट फोर ड्रिमर’ सुरु गरेको छ ।
यो अभियानमार्फत भायानेटले डिजिटल युगमा सपना देख्ने युवाहरू, कन्टेन्ट क्रिएटर र सिर्जनाकर्मीहरूलाई प्रोत्साहन दिने लक्ष्य लिएको छ ।
इन्टरनेटमै आधारित यात्रा सुरु गरेका सुशान्त केसी सफल संगीतकर्मी हुन् । भायानेटले उनकै प्रेरणादायी कथा मार्फत युवाहरूलाई सपना देख्न र साकार पार्न हौसला दिन खोजेको जनाएको छ ।
अभियान अन्तर्गत डिजिटल स्टोरीटेलिङ, अन्तरक्रियात्मक कार्यक्रमहरू र अनुभव साझेदारीजस्ता गतिविधिहरू सञ्चालन गरिनेछ । भायानेटले सुशान्तसँगको सहकार्यलाई गौरवको विषय भन्दै उनको समर्पण र संघर्षले युवापुस्तालाई सकारात्मक प्रेरणा दिने विश्वास व्यक्त गरेको छ ।
भायानेट कम्युनिकेशन लिमिटेड नेपालका अग्रणी इन्टरनेट सेवा प्रदायकमध्ये एक हो । कम्पनीले उच्च–गति, भरपर्दो र गुणस्तरीय फाइबर इन्टरनेट सेवा प्रदान गर्दै उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्दै आएको छ । नवीनतम प्रविधिको प्रयोग र निरन्तर सेवा सुधारमार्फत डिजिटल नेपाल निर्माणमा भायानेटको उल्लेखनीय योगदान रहँदै आएको छ ।













