१३ कार्तिक २०८३, शुक्रबार

त्रिभुवन विमानस्थल नजिक चंगा–ड्रोन निषेध, उडाउनेलाई कारबाही



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक चंगा–ड्रोन उडानमा निषेध गरिएको छ । दशैं–तिहारमा चंगा उडाउने चलन बढ्ने भएकाले विमानस्थल वरपर यस्तो गतिविधि नगर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ ।

विमानस्थलबाट पाँच किलोमिटर भित्र चंगा, ड्रोन, बेलुन वा लेजर लाइट प्रयोग गर्नु उडान सुरक्षाका लागि खतरनाक हुने प्राधिकरणले जनाएको छ । अवज्ञा गर्नेहरूमाथि प्रचलित कानुनअनुसार कडा कारबाही हुने जनाएको छ ।

ड्रोन र बेलुनलाई प्राविधिक प्रणालीमार्फत नियन्त्रण गरिए पनि चंगाको कारण सानो त्रुटीले ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले सचेत रहन सबैलाई अनुरोध गरिएको छ ।