सेयर बजारमा गिरावट, काराेबार रकममा भने सुधार
काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहिबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूच सामान्य घटेकाे छ । आज सेयर बजार मापक नेप्से परिसूचक ०.८६ अंकले घटेर २७ सय २५ दशमलव ४६ विन्दुमा बन्द भएकाे छ ।
नेप्से परसूचक घटे पनि काराेबार रकम भने बढेकाे छ । आज काराेबार भएकाे ३१७ कम्पनीकाे १ कराेड २७ लाख १ हजार ९७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ कराेड ४३ लाख रूपैयाँकाे काराेबार भएकाे छ ।
हिजाे ३२६ कम्पनीकाे १ कराेड १३ लाख ४५ हजार ९९४ कित्ता सेयर खरिद बिक्रि हुँदा ४ अर्ब ७२ कराेड ८० लाख रूपैयाँकाे काराेबार भएकाे थियाे ।













