एभरेष्ट बैंकका सेयरधनी हरेक वर्ष मख्ख : २३ वर्षदेखि निरन्तर उच्च लाभांश, कुन वर्ष कति बाँड्यो ?
काठमाडौं । एभरेष्ट बैंकले आफ्ना सेयरधनीलाई हेरक वर्ष मख्ख बनाउँदै आएको छ ।
बैंकको २३ वर्षको लाभांश इतिहास हेर्ने हो भने आजसम्म (आर्थिक वर्ष २०५९–६० देखि यता) निराश बनाएको छैन । प्रत्येक वर्ष आफ्ना हैसियत अनुसारकै लाभांश बाँडिरहेको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । भदौ १९ गते बिहीबार बसेको बैंक संचालक समितिको बैठकबाट १४ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय भएको हो । बैंकले अघिल्लो वर्षको तुलनामा भने ४.४७ प्रतिशत बढी लाभांश वितरण गर्ने भएको छ ।
वाणिज्य बैंकमा लाभांश गर्ने दोस्रो बैंक बनेको छ । यसअघि माछापुच्छ्रे बैंकले पनि यो वर्ष वितरण गर्ने लाभांश घोषणा गरिसकेको छ ।
लामो समयदेखि स्थायीत्व र विश्वासको परिचायक बनेको एभरेष्ट बैंकले लगातार २३ वर्षदेखि सेयरधनीलाई लाभांश वितरण गर्दै आएको छ । बैंकले प्राय: उच्च दरमा नै सेयरधनीलाई बोनस र नगद लाभांश वितरण गर्दै आएको छ ।
बैंकले आव २०८०–८१ मा भने ५.५३ प्रतिशत र १० प्रतिशत बोनस सेयर बाँडेको थियो । यस्तै, अघिल्लो आव २०७९–८० मा पनि २०.५३ प्रतिशत (१०.५३ प्रतिशत नगद र १० प्रतिशत बोनस) लाभांश वितरण गरेको थियो ।
बैंकले सबैभन्दा धेरै आव २०६९–७० मा ५०.५३ प्रतिशत नगद र १० प्रतिशत बोनस गरि कुल ६०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
आव २०६५–६६ देखि २०६७–६८ सम्म लगातार तीन वर्ष ६०–६० प्रतिशत लाभांश दिएको थियो । पछिल्लो २३ वर्षको इतिहास अनुसार औसतमा प्रत्येक वर्ष बैंकले ३४.४१ प्रतिशत लाभांश वितरण गरेको देखिन्छ । एभरेष्ट बैंक हेरक वित्तीय सूचकमा अब्बल बैंक हो ।
अब हेर्नुहोस्, बैंकले कुन वर्ष कति लाभांश बाँड्यो ?














