‘हाम्रो पात्रो’ दर्ता प्रक्रियामा, आजै मन्त्रालयमा बुझायो निवेदन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

‘हाम्रो पात्रो’ दर्ता प्रक्रियामा, आजै मन्त्रालयमा बुझायो निवेदन



काठमाडौं । नेपालमा दर्ता नभएकै कारण निष्क्रिय बनाउने सरकारी तयारीसँगै ‘हाम्रो पात्रो’ प्लेटफर्म सक्रिय बनेको छ ।

चर्चित नेपाली डिजिटल एप ‘हाम्रो पात्रो’ ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज (बिहीबार) दर्ताका लागि औपचारिक निवेदन बुझाएको छ ।

सरकारले हालै सामाजिक सञ्जाल तथा डिजिटल सेवा प्रदायकहरूलाई कानुनी दायरामा ल्याउने प्रयास तीव्र बनाएको छ । यस क्रममा ‘मेटा’ (फेसबुकको मातृ कम्पनी) लगायतका कम्पनीहरूलाई आवश्यक विवरण पेश गर्न अनुरोध गरिएको थियो । मन्त्रालयले त्यही अनुरोध अनुसार नै आवश्यक कागजातहरूको सूची पठाएको थियो ।

सूचनाको पहुँच, नेपाली क्यालेन्डर, रेडियो, समाचार र अन्य सेवामार्फत लाखौं प्रयोगकर्तालाई जोडिरहेको ‘हाम्रो पात्रो’ अब कानुनी मान्यता पाउने प्रक्रियामा प्रवेश गरेको हो । ‘हाम्रो पात्रो’को पहलले अन्य डिजिटल प्लेटफर्महरूलाई पनि दर्ता प्रक्रियामा अघि बढ्न प्रेरणा दिन सक्ने देखिएको छ।


प्रतिक्रिया दिनुहोस्