सरकारको सिधा सम्पर्कमा आयो फेसबुक, दर्ता प्रक्रिया सुरु हुने संकेत - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सरकारको सिधा सम्पर्कमा आयो फेसबुक, दर्ता प्रक्रिया सुरु हुने संकेत



काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सिधा सम्पर्कमा आएको छ । योसँगै फेसबुकले नेपालमा दर्ता प्रक्रिया अघि बढाउने संकेत गरेको हो ।

मन्त्रालयका अनुसार मेटाको सिंगापुरस्थित कर्मचारीले मन्त्रीका निजी सचिवलाई आवश्यक कागजातको विवरण मागेका थिए । मन्त्रालयले तुरुन्तै आवश्यक दस्तावेज पठाएको छ । फेसबुक अब आधिकारिक रूपमा नेपालमा दर्ता हुन कदम चाल्न लागेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्