झापा इनर्जीकाे आईपीओमा आजदेखि आवेदन दिन सकिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

झापा इनर्जीकाे आईपीओमा आजदेखि आवेदन दिन सकिने



काठमाडाैं । झापा इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बाँडफाँट गरिसकेपछि सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो।

कम्पनीले पहिलो चरणमा ३ लाख ८० हजार १९० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई र ५७ हजार २९ कित्ता विदेशमा श्रम स्वीकृति लिएर कार्यरत नेपालीहरूलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

दोस्रो चरणमा कम्पनीले सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता र आफ्ना कर्मचारीका लागि ११ हजार ४०६ कित्ता शेयर छुट्याएको छ। बाँकी रहेका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो, जसको कुल मूल्य रु. ४ करोड ७३ लाख ३३ हजार ६०० रहेको छ। शेयरको अंकित मूल्य प्रतिकित्ता रु. १०० तोकिएको छ।

यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा भदौ २४ गते बन्द हुनेछ भने आवेदन नपुगेमा ढिलोमा असोज ३ गतेसम्म खुला रहनेछ।


प्रतिक्रिया दिनुहोस्