१३ कार्तिक २०८३, शुक्रबार

एच एन्ड बी डेभलपमेन्ट बैंक घोटालाका दुई दोषी पक्राउ



काठमाडौं । एच एन्ड बी डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा दोषी ठहर भएका दुई फरार अभियुक्त प्रहरी फन्दामा परेका छन् । पक्राउ पर्नेमा काठमाडौं–१४ का ५८ वर्षीय सुरेन्द्रकुमार प्रधान र भक्तपुर सूर्यविनायक–५ का ५० वर्षीय अरविन्द्र श्रेष्ठ रहेका छन् ।

उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले पक्राउ गरेको हो । २०६९ सालमा सार्वजनिक भएको उक्त घोटालामा बैंकका केही कर्मचारीको मिलेमतोमा ‘गुड फर पेमेन्ट’का नाममा करोडौंको अनियमितता भएको थियो ।

सुरेन्द्रकुमार प्रधानलाई ७ वर्ष कैद र ९ करोड २१ लाख रुपैयाँ जरिवाना, अरविन्द्र श्रेष्ठलाई ३ वर्ष कैद र २ करोड ५० लाख रुपैयाँ जरिवाना तोकिएको थियो । दुवैजना फैसलापछि लामो समयदेखि फरार थिए ।